निषेधाज्ञामा देखिएका दृश्य : पसल र परिक्षणको बहानामा घुमघाम
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २०।
नेपाल सरकारले कोरोना प्रकोप नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञामा धेरै स्थानहरुमा जनताहरुले नै विभिन्न बहाना बनाएर उल्लंघन गर्ने गरेको देखिएको छ।
धेरै स्थानमा घर बाट बाहिर निस्कदै कोरोना जोखिम निम्त्याउनका लागि जनताहरुले सबै भन्दा बढी PCR परिक्षण र खाद्यान्न खरिदलाई प्रमुख बहाना बनाउने गरेको देखिएको छ।
धेरै ठाउमा रोक्दा PCR परिक्षणका लागि विरामी भएर जान लागेको बताउने गरेको ड्युटीमा रहेका एक प्रहरीले बताए। यसले धेरै अफ्ट्यारो पारेको भन्दै उनले परिक्षण गर्न जान रोक्न पनि नसकिने र जान दिंदा पनि जोखिम बढ्ने संकट रहेको उनले दुखेसो पोखेका छन।
त्यस्तै घर बाट बाहिर निस्कदा जनताले अपनाउने अर्को उपाय रहेको छ खाद्यान्न खरिद र बिहान बेलका पसल खुलेको समयमा किनमेलको बहाना जसले गर्दा कोरोना संक्रमणको जोखिम निकै बढाएको छ।
त्यस्तै कोरोना प्रकोपमा सबैभन्दा लापरवाही व्यवसाय संचालन गर्ने पसलहरुमा देखिएको छ जसमा कुनैपनि स्वास्थ्य मापदण्ड र सुरक्षित उपाय अपनाएको देखिदैन।