विकास निर्माणको अनुगमनमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख थापा
कपन अनलाइन
काठमाडौँ, बैशाख १७ । कागेश्वरी मनोहरा नगरपालिकामा भएका र हुदै गरेका विकास निर्माण कार्यको नगर प्रमुख कृष्णहरि थापाले अनुगमन गरेका छन।हाल कागेश्वरी मनोहरा नगरपालिकामा विकास निर्माणको काम धमाधम भईरहेको छ। नगरपालिकाको १ देखि ९ वटै वडामा सडक निर्माण कालोपत्रे ढल व्यवस्थापन लगायतका कामले गति लिदै गएको छ।
उक्त विकास निर्माणका कामहरुको अनुगमनमा संगै स्थानीयको गुनासो तथा भाबि योजनाको लागि छलफल गर्न उनि निरन्तर रुपमा अनुगमनमा जाने गर्दै आएका छन टोल टोलमा मेयर अभियान समेत संचालन गर्दै आएका उनले प्रत्येक महिनाको पहिलो हप्ता टोल टोलमा भए गरेका विकास निर्माणको अनुगमन सहित स्थानीय संग भाबि योजनाको बारेमा समेत छलफल गर्ने गरेका छन। नगर प्रमुख थापा आफै विकास निर्माणका कामको अनुगमनमा आएको देखेर नगरबासीहरु खुशी व्यक्त गर्दै नगर प्रमुखको विकासको चाहनालाई पुरा गर्न र विकास निर्माणका कामका लाग्न हौसला प्राप्त भएको स्थानीयले बताउने गरेका छन् बताउछन् ।
निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा योजनामा समाबेश गर्नु पर्ने बिकासका बिषयमा वडा बासी संग छलफल गर्दै आएका छन ।नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना, लक्षित बर्गका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका साथ साथै कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापन लगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख कृष्णहरि थापा बताउछन ।