कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कपन अनलाइन
बझाङ, वैशाख १२।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मष्टा गाउँपालिका-५ बस्ने ४७ वर्षीय ज्ञानु बोहरा भन्ने ज्ञान बहादुर बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बझाङको २०६३ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।