ओखलढुंगा एमालेमा किशोरको कदले अम्बिरलाई अफ्ट्यारो

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

नेकपा एमालेको रास्ट्रिय महाधिवेसन आयोजक कमिटीका सदस्य किशोर अधिकारीले ओखलढुंगा जिल्ला इन्चार्जको जिम्मेवारी पाए संगै जिल्लामा उनको राजनीतिक कदले प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्रि अम्बिरबाबु गुरुङलाई अफ्ट्यारो परेको चर्चा चल्न थालेको छ।

लामो समय ओखलढुंगा जिल्लाको पार्टी नेतृत्वमा रहेर नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित बनेका अधिकारीको इन्चार्जका रुपमा पुनरागमन पश्चात अहिले विविध चर्चा परिचर्चा शुरु भएको छ।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार माधव नेपाल पक्षमा सक्रिय बन्दै समानान्तर कमिटी गठनमा लागे संगै जिल्लामा नेकपा एमाले ओखलढुंगाको सर्वस्वीकार्य नेता बन्ने बेजोड कसरतमा रहेका मन्त्रि गुरुङलाई अधि कारीको कद र प्रभावले निकै असहज बनाएको महसुस गरेको एक जिल्ला नेताले बताएका छन।

जिल्लाको एमाले राजनितिमा आफ्नो बर्चस्व कायम गर्नका लागि पुर्व शिक्षक केदार बाबु बस्नेतलाई अध्यक्ष र तिर्थ सुवेदीलाई सचिव बनाउन निकै कसरत गरेका मन्त्रि गुरुङका निकट भनेर चिनिने नेता नानीबाबु बुढाथोकीलाई पनि अधिकारीको इन्चार्जका रुपमा कम ब्याकले  चुनौती थपेको विश्लेषण जिल्लामा हुन थालेको एक शिक्षक नेताले बताएका छन।

जिल्लाको चम्पादेवी गाउँपालिका कमिटीमा अधिकारीका प्रिय मानिने खेम मिश्रको इन्ट्री संगै झस्किएका मन्त्रि गुरुङ निकट नेताहरुले केहि नेताहरुलाई प्रदेस नं १ कमिटी सहित उपल्लो कमिटीमा लैजान अनिच्छा देखाएको गोप्य सुचना बाहिरिए संगै नेकपा एमाले ओखलढुंगामा अहिले खैलाबैला मच्चिएको जिल्ला बसेर लामो समय देखि कलम चलाउदै आएका एक पत्रकारले बताएका छन।

आगामी निर्वाचनमा मन्त्रि गुरुङलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउदै प्रदेस सभामा आफ्नो स्थान सुरक्षित बनाउन प्रयासरत रहेका बुढाथोकी र सुवेदीलाई जिम्मेवारी सहित अधिकारीको जिल्लामा प्रवेसले प्रभाव पार्ने अनुमान गर्न थालिएको एक जिल्ला नेताले बताएका छन।

ओखलढुंगा जिल्लाको राजनीतिमा प्रभावशाली भूमिका खेल्ने सम्पर्क मंचका अधिकांश नेताहरु अधिकारी संगको निकट सहकार्य र जिल्लाका स्थानीय तहमा पनि उनको बलियो सम्पर्क संजाल रहेको अवस्थामा एमाले जिल्लाकको राजनीति निकै रोचक हुने बताउदै सम्पर्क मंचका एक पुर्व अध्यक्षले दृश्य भित्र चलेको यो संघर्षले मन्त्रि गुरुङलाई अफ्ट्यारोमा पारेपनि उनलाई उपयोग गरेर राजनीतिक रोटी सेक्न खोज्नेहरुको भने विचल्ली हुन् सक्ने धारणा राखेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।