कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं १ मा अत्याधुनिक बसपार्क निर्माण गर्ने
कपन अनलाइन
काठमाडौं बैशाख १०। कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक बसपार्क निर्माण गर्ने भएको छ ।नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाको वडा नं.१ अड्डापट्टीमा अत्याधुनिक बसपार्क निर्माण गर्ने निर्णय गरेको हो ।
२४ करोडको लागतमा निर्माण हुने सो बसपार्क अत्याधुनिक र सुविधा सम्पन्न हुने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए ।कार्यपालिका बैठकले बस पार्क निर्माणका लागी नगर बिकास कोष संग समन्वय गरी तत्काल निर्माण प्रक्रिया अगाडी बढाउने निर्णय गरेको जानकारी गराए।
त्यसै गरि सोहि बैठकले असाहय बालबालिका संरक्षण गृहको नियमन र संचालन सम्बन्धि कार्यका लागि कार्यविधि पारित गर्ने निर्णय गरेको त्यसै गरि बढ्दो कोभिड १९ कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकार बाट जारि स्वास्थ्य सम्बधि मापदण्ड पुरा गरि नगर भित्र रहेका सामाजिक संघ संस्था पार्टी प्यालेसहरुले आफ्ना नियमित कार्यक्रम संचालन गर्ने र सोको अनुगमन संबन्धित वडा कार्यलय तथा जनप्रतिनिधिहरुले गर्ने निर्णय भएको जानकारी गराए ।त्यस्तै बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि वडाहरुमा बिनियोजन भएको बजेट तथा कार्यक्रम अनुसारका योजना २-७८ बैशाख भित्र सम्झौता गरि नगर सभा अगावै सम्पन्न गरि सक्नुपर्ने निर्णय भएको पनि जानकारी गराए ।