बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमण बाट एकको मृत्यु ,१४ संक्रमित थपिए
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १०।
बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमणबाट वडा नं ५ की ७३ बर्षिया वृद्धाको मृत्यु भएको छ । त्यस्तै नगरपालिकामा बैशाख १० गते (शुक्रबार) १४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ जसमा ८ जना महिला र ६ जना पुरुष रहेका छन।
वडा गत विवरण :
वडा नं ७ : १ पुरुष र १ महिला,
वडा नं ०८ : ५४ वर्षिया १ महिला र १ पुरुष,
वडा नं १० : २ जना पुरुष
वडा नं ११ : १ जना महिला ,
वडा नं १२ : ५ जना महिला र २ जना पुरुष
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल एक हफ्ता सम्म ३० जना महिला र २९ जना पुरषमा संक्रमण देखिएको छ जसमा ५८ जना होम आईसोलेसनमा छन् भने १ जना पुरुष अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
तपाइँको प्रतिक्रिया ।