बुढानिलकण्ठमा रबिन अधिकारी : रणभुल्ल की रणनीतिमा ?

बुढानिलकण्ठमा रबिन अधिकारी : रणभुल्ल की रणनीतिमा ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

नेपाल कम्युनिस्ट पार्टी २०७५ जेष्ठ २ गतेको अवस्थामा पुगेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बने संगै बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक दृश्य पनि फेरिएको छ।

नेपाल कम्युनिट पार्टी रहदा बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष रबिन अधिकारी अहिले नेकपा माओवादी केन्द्र नगर कमिटीको अध्यक्षमा फर्किएका छन भने त्यस कमिटीमा उनको सचिव रहेका प्रदिप डंगोल नेकपा एमालेको अध्यक्ष बनेका छन।

नेकपा माओवादी केन्द्रको अध्यक्ष सहित नगरपालिकामा प्रतिनिधि बनेर नगर राजनीतिको अग्रभागमा उदाएका अधिकारीले २०७४ शालको स्थानीय तहको निर्वाचनमा करिव १३.६८ मत प्राप्त गरेर आफ्नो दरिलो उपस्थिति जनाएका थिए।

त्यस पश्चात निरन्तर नगरपालिकाको राजनीतिमा प्रत्यक्ष नेतृत्व प्रदान गर्दै सक्रिय रहेका अधिकारीले अहिले नेकपा एमालेले १३ वटै वडामा कमिटी गठन र भेला आयोजना गरिरहेको र नेकपा एमाले खनाल नेपाल पक्षले पनि समानान्तर कमिटी निर्माणको तयारीमा लागेको अवस्थामा देखाएको मौनता भने आश्चर्य जनक रहेको चर्चा चल्न थालेको छ।

फागुन २३ गते सर्वोच्च  अदालतले गरेको फैशला पश्चात एक पटक नगर कमिटीको बैठक बोलाएका अधिकारीले त्यस पश्चात आक्रामक संगठन विस्तार र पुनर्गठनलाई देखिने गरी अगाडी नबढाउदा अहिले नगरको राजनीतिमा एउटा प्रश्नले जबर्जस्त स्थान पाएको छ। र  त्यो प्रश्न हो बुढानिलकण्ठमा रबिन अधिकारी रणभुल्ल की रणनीतिमा ?  

संगठन र निर्वाचन रणनीतिको अनुभव पाइसकेका अधिकारीले पछिल्लो समय देखाएको मौनता रणनीति निर्माणका लागि भएको अवस्था  यसले पक्कै पार्टीलाई हित गर्ने नेकपा माओवादी बुढानिलकण्ठका एक नेताले बताएका छन। तर दुर्भाग्यवस यदि बदलिँदो परिवेष र घतानाक्रले अधिकारी रणभुल्ल परेको अवस्था रहेको हो भने यसले पार्टीको गतिमा ठुलो क्षेती पुग्ने बताउदै उनले सो कुरा प्रस्ट हुन धेरै समय नलाग्ने धारणा राखेका छन।

अनौपचारिक छलफल र संवादमा बुढानिलकण्ठ नगरपालिकाको विकास र सुशासनको विषयलाई जोडदार रुपमा उठाउने तयारीमा रहेको बताउने अध्यक्ष अधिकारीले हाल सम्म पनि नगरको सल्लाहकारमै बहाल रहनुलाई भने अझै पनि अर्थपूर्ण रुपमा हेर्नुपर्ने एक बुद्दिजीवीले बताएका छन।

केन्द्रमा सरकारलाई दिएको समर्थन र बुढानिलकण्ठ नगरपालिकाको सल्लाहकारमा अधिकारीको निरन्तरता उस्तै चाखलाग्दो विषय बनेको भन्दै ति बुद्दिजीवीले यस विषयमा उनले चाडै निर्णय लिंदा सकारात्मक सन्देस जाने धारणा राखेका छन।

यी तमाम चर्चा परिचर्चा र दृश्यहरुका विचमा अध्यक्ष अधिकारीले ल्याउने योजना र रणनीतिको नेकपा बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरु व्यग्र प्रतिक्षामा रहेको धारणा राख्दै  एक नेताले चाडै नै धेरै कुरा सतहमा आउने  कपन अनलाइनलाई बताएका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।