गोकर्णेश्वर ४ का सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

गोकर्णेश्वर ४ का सामुदायिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

कपन अनलाइन

काठमाडौँ,चैत्र २८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई  शैक्षिक सामग्री वितरण गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ कि वडा सदस्य उमा थापाको संयोजकत्वमा शुक्रबार वडा कार्यालयमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको दुइ वटा सामुदायिक बिद्यालय गोकर्ण माबी र सहयोगी माध्यमिक बिध्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई  एक कार्यक्रमका बीच  शैक्षिक सामग्री वितरण गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत, वडा सदस्य बालकृष्ण श्रेष्ठ लगायत  कर्मचारी , बिध्यालयका शिक्षक प्रतिनिधिको साथै बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक एबम गोकर्णेश्वर नगरपालिका वडा नं ४ कि वडा सदस्य उमा थापाले गरेकी थिइन् भने कार्यक्रम संचालन वडा सचिब नवराज सेनले गरेका थिए ।

दुवै बिद्यालयका एक कक्षा देखि १० कक्षा सम्म अध्ययनरत बिपन्न बिद्यार्थीहरु  करिब २सय जनालाई शैक्षिक सामग्री अन्तरगत कापी कलम वितरण गरिएको थियो । बिद्यार्थीहरुलाई नियमित बिद्यालय जाने बातावरण बनाउनका लागी शैक्षिक सामाग्री बितरण गरिएको  कार्यक्रम संयोजक वडा सदस्य उमा थापाले जानकारी गराइन ।उनले शैक्षिक सामग्री अभाबमा बालबालिकाहरु शिक्षा लिन बाट पछि नपरुन भन्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको बताइन। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने जानकारी गराएकी थिईन।

तपाइँको प्रतिक्रिया ।