नेकपा एमाले काठमाण्डौमा समानान्तर कमिटी,अध्यक्षमा बसन्त मानन्धर र सचिवमा कुसुम कार्की

नेकपा एमाले काठमाण्डौमा समानान्तर कमिटी,अध्यक्षमा बसन्त मानन्धर र सचिवमा कुसुम कार्की

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

नेपाल कम्युनिस्ट पार्टी एमालेको काठमाण्डौमा समानान्तर जिल्ला कमिटी घोषणा भएको छ। काठमाण्डौको बुद्दनगर स्थित बुद्दनगर पार्टी प्यालेसमा भएको भेलाले बसन्त मानन्धरलाई अध्यक्षमा चयन गरेको छ भने सचिवमा कुसकु कुमार कार्की चयन भएका छन।

त्यस्तै उक्त कमिटीको उपाध्यक्षमा शोभा सापकोटा चयन भएकी छन भने सह सचिवमा एलपी श्रेष्ठ चयन भएका छन। अध्यक्ष मानन्धर र सचिव कार्की दुवै जना बागमती प्रदेसका प्रदेस सभा सदस्य हुन् भने उपाध्यक्ष सापकोटा काठमाण्डौ महानगरपालिका वडा नं १४ की वडा अध्यक्ष हुन्।

उक्त भेलालाई नेकपा एमालेका बरिस्ट नेता झलनाथ खनाल , माधव कुमार नेपाल,अस्ट लक्ष्मी शाक्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।