सीतापाइला तेक्वान्दो डोजाङका सुजन र शिवलाई स्वर्ण

सीतापाइला तेक्वान्दो डोजाङका सुजन र शिवलाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २२।

सीतापाइला तेक्वान्दो डोजाङका सुजन सिलवाल र दीलिप स्मृति तेक्वान्दो डोजाङका शिव श्रेष्ठ काठमाडौं जिल्लास्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४३–४६ केजीमा सुजनले जैसीदेवलका निरज ठकुरी तथा शिवले अल्टिमेटका सुशान पाण्डेलाई फाइनलमा पराजित गरे । पुरुष ५४–५८ केजीमा लैनचौरका सिजन श्रेष्ठ, ४०–४३ केजीमा लैनचौरका स्विकार रजक, ४६–५० मा अल्टिमेटका अभिषेक दल्लाकोटी, ६३–६८ केजीमा कोटेश्वरका रन्जित साउद, ६८–७४ मा लैनचौरका नारायण बोगटी पहिलो भए ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको महिला ४०–४३ केजीमा लैनचौरकी दिया रजक, ४३–४६ केजीमा अल्टिमेटकी सुप्रिमा बज्गाईं, ५७–६२ केजीमा कोटश्वरकी सुस्मिता मोक्तान, ३७–४० केजीमा लैनचौरकी पुनम खत्री, ६२–६७ केजीमा ढल्कोका आरती मगर, ४६–४९ केजीमा लैनचौरकी सुमिना खड्गी, ४९–५३ केजीमा दीलिप स्मृतिकी अन्जली तामाङ र ५३–५७ केजीमा लैनचौरकी सारोन गुरुङले पहिलो स्थान हात पारे ।
विजेतालाई सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, तेक्वान्दो मुख्य प्रशिक्षक नवीनुकमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
छ महिनाको अवधिमा हुने विभिन्न प्रतियोगितामा काठमाडौं जिल्लाबाट सहभागी हुने खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । हरेक स्पर्धामा पहिलो हुने खेलाडी छनोट हुने प्रावधान छ ।

तपाइँको प्रतिक्रिया ।