काठमाण्डौ महानगरपालिका वडा नं ७ को सहयोगमा चावहिल चोकमा ट्राफिक आइल्याण्ड
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २१।
काठमाण्डौ महानगरपालिका वडा नं ७ को सहयोगमा चावहिल चोकमा ट्राफिक आइल्याण्ड निर्माण गरिएको छ। काठमाण्डौ महानगरपालिकाको मुख्य चोकका रुपमा रहेको उक्त चोकमा सवारी व्यवस्थापनमा सहजताका लागि उक्त ट्राफिक आइल्याण्ड निर्माण गरिएको हो।
काठमाण्डौको पुरानो ब्यापारिक केन्द्र चावहिल क्षेत्रमा पैदल यात्रुको सुविधाका लागि आकाशे पुलको निर्माण सम्पन्न गरेको वडा नं ७ ले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ।
तपाइँको प्रतिक्रिया ।