काठमाण्डौ महानगर र बुढानिलकण्ठको सिमाना ढुंगेन चोकमा मन्त्रि र सांसदहरु
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
काठमाण्डौ महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको ढुंगेन चोक – मिलनचोक खहरे निर्माण योजनाको मन्त्रि तथा सांसदहरुले निरीक्षण गरेका छन।
लामो समय देखि डुवान समस्या संग जुधेको उक्त क्षेत्रमा निर्माण भैरहेको ब्लक कल्भर्ट तथा अन्य योजनाको बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल ,नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटि अध्यक्ष तथा काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई , नेपाली कांग्रेस बागमती संसदीय दलका सचेतक प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाले सरोकारवाला निकायका प्रतिनिधि सहित स्थलगत निरीक्षण गरेका थिए।
सो अवसरमा उक्त क्षेत्रमा रहेको निर्माणको अवस्था र थप गर्नुपर्ने कामहरुका वारेमा स्थानीयहरु संग छलफल गरिएको थियो। उक्त क्षेत्रमा ब्लक कल्भर्ट निर्माण पछी वडा नं ६ र १२ का सिमानामा रहेको डुवान समस्या समाधान हुने विस्वास गरिएको छ।