सरकार र थारू कल्याणकारी सभा विचको वार्ता सौहार्दपूर्ण र सकारात्मक :डा. राजन भट्टराई
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल सरकार र थारू कल्याणकारी सभा विचको पहिलो चरणको वार्ता सौहार्दपूर्ण रहेको बताएका छन।
नेपाल सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भएको वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताउदै उनले अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति भएको जानकारी दिएका छन।
थारु कल्याणकाली सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
तपाइँको प्रतिक्रिया ।