भक्तपुरमा ग्याँस सिलिण्डर पड्किँदा होटल सञ्चालकको ज्यान गयो
कपन अनलाइन
मोरङ ,चैत्र १३।
भक्तपुरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा घाइते भएका होटल सञ्चालकको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःमः एण्ड चिकेन हाउसका सञ्चालक टीकाराम बस्नेतको आज (शुक्रबार) बिहान ज्यान गएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिएका छन ।
दोलखा सैलुङ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की गम्भिर घाईते छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–२ घर भई हाल सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते छन् । उनीहरुको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।