Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/164402082_248078593660928_5844560570189126386_o-e1616555543220.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/159428902_927664681339172_8500371015237063301_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बोना र्फचुना आइ टि  एजुकेशन गोकर्णेश्वर ५ ले नि:शुल्क कम्प्युटर तालिम सञ्चालन गर्ने

कपन  अनलाइन

काठमाडौं ,चैत्र ११। बोना र्फचुना आइ टि  एजुकेशनले  नि;शुल्क कम्प्युटर तालिम सञ्चालन गर्ने भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा संचालनमा रहेको  बोना र्फचुना आइ टि एजुकेशनले १६ वर्ष उमेर पुगेका विपन्न , वेरोजगार तथा महिलालाई प्राथमिकतामा राखेर २ महिने अफिस प्याकेज निशुल्क कम्प्युटर तालिम सञ्चालन गर्ने भएको हो  ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत  प्रत्येक वर्ष यस्तो कार्यक्रम  गर्ने लक्ष्य राखेको संस्थाले निकट भविष्यमा उद्घोषण, जापानिज कोरियन र अंग्रेजी भाषाका कक्षा र साथै Digital marketing SEO course लाइ समेत प्राथमिकतामा राखेर अगाडी बढाउन लागिएको  संस्थाका संचालक प्रकाश अधिकारीले कपन अनलाइनलाइ जानकारी गराए ।रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवनउपयोगी बनाउन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क कम्प्युटर तालिम दिन लागेको बताए ।

उक्त तालिममा सहभागी हुनेहरु१६ वर्ष पूरा भएको हुनु पर्ने, विशेष महिला , विपन्न र बेरोजगार लाई प्राथमिकता दिने छ ४. एक हप्ता भित्र फर्म भरिसक्नु पर्नेछ, .नागरिकता र दुई प्रति फोटो अनिवार्य पेश गर्नु पर्ने,  कक्षा १० उत्तीर्ण हुनुपर्ने,विशेष महिला , विपन्न र बेरोजगार लाई प्राथमिकता दिइने उक्त तालिमका लागि   एक हप्ता भित्र फर्म भरिसक्नु पर्नेछ भने तालिम केन्द्र को नियम पालना गर्नु पर्ने जानकारी गराए  ।

बिहान र दिउसो तालिम संचालन हुने भएको हुँदा २०७७ चैत्र १८ देखि चैत्र २५ गते सम्मफर्म भरिसक्न समेत संस्थाले  अनुरोध गरेको छ  । कक्षा सञ्चालन २०७७ साल चैत्र २९ गते आईतबार देखि हुने हुदा इच्छुक व्यक्तिले ०१ -४९१४५६०, र ९८४१३१३५६०मा सम्पर्क गरि थप जानकारी लिन सकिनेछ ।

 

 

तपाइँको प्रतिक्रिया ।