राष्ट्रीय संगीतकर्मी संघ नेपाल गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा फुर्पु दर्जे घले चयन

राष्ट्रीय संगीतकर्मी संघ नेपाल गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा फुर्पु दर्जे घले चयन

कपन अनलाइन

रसुवा ,चैत्र ९ /सुजन तामाङ्ग

राष्ट्रीय संगीतकर्मी संघ  नेपाल गोसाइँकुण्ड गाउँपालिकाको अधिबेशनबाट अध्यक्ष पदमा फुर्पु दर्जे घले चयन भएका छन।

देसभरी प्रत्येक  गाउँपालिका र नगरपालिका र गाउँपालिका अधिवेशन गर्ने क्रममा गोसाइँकुण्ड गा.पा स्याफ्रु बेसी मा राष्ट्रिय संगीतकर्मी संघ रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अधिबेशनमाले उनलाई  अध्यक्ष पदमा निर्विरोध  चयन गरेको हो।

राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष  दावा फिन्जो तामाङको सभापतित्वमा भएको कार्यक्रममा  राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्लाको बरिस्ट  सल्लाहकार संयोजक तथा बागमती प्रदेश सभा सदस्य माननीय प्रभात लामा प्रमुख अतिथि रहेका थिए।

सो कार्रयक्रममा  गोसाइँकुण्ड गाउँ पालिका उप प्रमुख कार ग्याल्मु श्रेष्ठ, नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष कर्णेल लामा, नेपाली काङ्ग्रेस सभापति  पेम्बा छिरिङ तामाङ, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश अध्यक्ष राम हरि भण्डारी, महासचिव मान बाहदुर तामाङ, रसुवा गढी सेवा समाजका अध्यक्ष नुर्बु तामाङ, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला अध्यक्ष दिनेश तामाङ, महिला उपाध्यक्ष अर्चना श्याङतान सचीव करण तामाङ, रसुवा जिल्ला बरिस्ट  उपाध्यक्ष पारङ्वा तामाङ, प्रथम उपाध्यक्ष शिशिर थोकर तामाङ लगायत अतिथि रहेका थिए ।

राष्ट्रिय संगीतकर्मी रसुवाका  अध्यक्ष दावा फिन्जो तामाङले रसुवाका  सम्पूर्ण कलाकारहरुलाई एक्यवद्धता गर्दै जाने  अभियान प्रतिभा भएको व्यक्तिलाई ठाउँमा स्थान खोज्न मदत गर्ने र कला भएको व्यक्तिलाई संघ मार्फत जिल्ला हुँदै प्रदेश अनि प्रदेशबाट राष्ट्रिय स्तर सम्म चिनाउन सहयोग गर्ने संघको उदेस्य भएको धारणा राखेका थिए।

(सुजन तामाङ्ग  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।