बुढानिलकण्ठ-११ मा २५३ घरधुरी लाभिन्वित हुने डिप बोरिंग निर्माण शुरु
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ७।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन गुम्बा उत्तरमा रहेको शिव मन्दिर मार्ग टोल सुधार समितिमा डिप बोरिंग निर्माण शुरुवात गरिएको छ।
वडा नं ११ को उक्त क्षेत्रमा २५३ घरधुरी लाभान्वित हुने गरि उक्त खानेपानी आयोजनाको निर्माण चैत्र ६ गते बाट शुरु गरिएको वडा अध्यक्ष राजु अधिकारीले बताएका छन।
वडा कार्यालयको २० लाख बजेट बाट करिव १५० मिटर खनिएको डिप बोरिंगलाई आवस्यकता अनुसार विस्तार गरिने जानकारी दिदै अधिकारीले खानेपानीको सुविधा उपलव्ध गराउने काम पहिलो प्राथमिकतामा रहेको बताएका छन ।
तपाइँको प्रतिक्रिया ।