नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारमा सरकारले सहयोग गर्ने
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ६।
नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारमा सरकारले सहयोग गर्ने भएको छ ।
सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज अस्पताल पुगेर पूर्वमन्त्री जोशीको उपचारका लागि सरकारले दश लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
कांग्रेस नेता जोशी मस्तिष्कघात भएर फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत छन् ।उपप्रधानमन्त्री पोखरेलले अस्पताल पुगेर पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उनले सरकारकातर्फबाट उपचारका लागि दश लाख सहयोग गर्ने घोषणा गरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।