बुढानिलकण्ठ नगरपालिकाका इन्जिनियरहरु संग जनता “इरिटेड”

बुढानिलकण्ठ नगरपालिकाका इन्जिनियरहरु संग जनता “इरिटेड”

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ६।

बुढानिलकण्ठ नगरपालिकाका जनताहरुले नगरपालिकाका इन्जिनियरहरु संग आजित भएको  बताएका छन। नगर पालिकाको सुशासन कायम, सेवा प्रवाह , विकास निर्माण , योजना सम्झौता , लागत अनुमान र डि पि आर निर्माण जस्ता कामको जिम्मेवारी प्राप्त गरेका इन्जिनियरहरुले अतिरिक्त सेवा सुविधा माग्ने गरेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन।

अझ रोचक त नगरपालिकाका इन्जिनियरहरुको सम्लग्नतामा खोलिएका कन्सल्टटेन्सीहरुको सिन्डिकेटले  त अराजकता र अधिकार अपचलनको सिमा नाघेको भन्दै जनताले निकै आक्रोश व्यक्त गर्न थालेका छन।

आफ्नो स्वामित्व रहेको कम्पनी बाट आएका फाइल मापदण्ड विपरीत भए पनि सजिलै स्वीकृत गरेर सम्पन्न दिने तर अन्य कम्पनी बाट आएका फाइलहरुलाई आफ्नो योग्यता भन्दा माथी गएर रातो कलमले काट्ने ओभरसियर तहका कर्मचारीहरुको दादागिरी बयान गर्न नसकिने रहेको नाम नलेख्ने शर्तमा एक ठेकेदारले बताए ।

कतिपय प्रसङ्गमा आफ्नो कम्पनी बाट आएका फाइलले सजिलै पास हुने मौका पाउदा  सामान्य  जनताले भने अन्य स्थानको उपयोग गरे बापत निकै ठुलो यातना प्राप्त गर्ने गरेका छन। अर्को तर्फ फिल्डमा जाने वडाका इन्जिनियरहरुले पनि राम्रै तर मार्ने गरेको चर्चा अहिले नगरपालिकामा ब्याप्त रहेको छ।

स्थलगत अध्ययनमा जान्दा केही भत्ता  दिने नगरपालिकाको नियम बिपरित अतिरिक्त शुल्क ठाडै माग्ने गरेको प्रती सरोकारवाला निकायको धयान नगएको प्रती आस्चार्य ब्यक्त गर्दै एक बुद्धिजिविले सबैभन्दा पीडित उपभोक्ता समिती र  ठेकेदार बनेको धारण राखेका छन। नगरपालिका आसपास रहेका केही नेताहरु र नगरपालिकाका कर्मचारीहरुको अदृश्य लगानी रहेका कन्सलटेन्सीहरुका नक्शा पहिलो प्राथमिकतामा पर्ने हुँदा जनताले आजित बनेर त्यस्ता ठाउँ खोज्नु परेको बाध्यता स्थानीयहरु सुनाउछन।

बुढानिलकण्ठ नगरपालिकाको प्राविधिक शाखा अन्तर्गतका इन्जिनियर र प्राविधिकहरुले कार्यसम्पादन भन्दा आफ्नो फाइदाका लागि लागि जनतालाई दिएको दुख अहिले जनप्रतिनिधि सम्म पनि पुगेको तर उनीहरु आफुले भोलि काम लिनुपर्ने भन्दै तर्कन खोज्ने गरेको एक सेवाग्राहीले बताएका छन।

नगरपालिकाका प्राविधिक शाखाको दुख खेप्न बाध्य बनेका केहि पिडितहरु :

१.ठेकेदार: 

बुढानिलकण्ठ नगरपालिकाका प्रविधीकहरुको प्रत्यक्ष मारमा ठेकेदारहरु पर्ने गरेका छन। योजनाको प्राविधिक पक्ष संग जोडिएका कर्मचारीहरुले कहले काही त् हदै सम्म दुख दिने र अतिरिक्त सुविधा समेत मागेर हैरान पार्ने नाम नबताउने शर्तमा एक ठेकेदारले बताए।केहि भनौ फाइल नै अगाडी बढ्दैन नभनौ कहिले कहिँ त् बहुत दुख दिन्छन, उनले भने।

कतिपय योजनाको इस्टिमेट,अनुगमन र सम्पन्नमा चलखेल हुने गरेको अर्का ठेकेदारले बताए। अतिकति ताल माथि भयो भने फाइल सम्म गायब बनाउने चलन रहेको भन्दै उनले भविष्यमा कुनै अप्रिय घटना नघट्ला भन्न नसकिने भन्दै धम्किको भाषामा चेतावनी दिएका छन।

२.उपभोक्ता समिति:  

पटक पटक सुशासनको चर्चा भैरहने बुढानिलकण्ठ नगरपालिकाको कार्य सम्पादन र विकास निर्माणमा प्राविधिकहरुले गर्ने ढिलासुस्ती प्रमुख कारण रहेको एक जनप्रतिनिधिले बताएका छन ।

समयमै योजनाको डीपीआर ,इस्टिमेट र टेन्डर हुन् सके योजनाहरु सहज अगाडी बढ्ने वातावारण हुने बताउदै उनले त्यस क्रममा देखीने प्राविधिकहरुको लापरवाही र ढिलासुस्तीले समग्र विकासलाई नै अशर पुगेको धारणा राखेका छन ।

कार्यपालिका र नगर सभाले नै तय गरेका कतिपय गौरवका योजनाहरुमा समेत उदासिनता देखाउने प्राविधिकहरुको मारमा उपभोक्ता समिति परेको भन्दै अहिले तमाम उपभोक्ता समितिका पदाधिकारीहरुले  गुनासो गर्दै आएका छन।

३. सिन्डिकेट बाहिरका नक्शा वालाहरु :

नगरपालिकामा सबै भन्दा बढी पिडित बन्नेमा सिन्डिकेट बाहिर रहेका कन्सल्टेन्सी बाट नक्शा बनाउनेहरु पर्ने गरेका छन।  उनीहरुलाई दुख दिने शृंखला नक्शा पास बाट शुरु भएर स्थलगत अध्ययन हुदै सम्पन्न सम्म पुग्ने गरेको छ। जीवन भारको कमाइमा बल्ल बल्ल घर निर्माण गर्न लागेकाहरुले यो दौरान दुख पाउनुका साथै अतिरिक्त शुल्क समेत बुझाउन बाध्य बन्ने गरेका छन।

नगरपालिकामा सेटिंग मिलाएका कन्सल्टेन्सीहरुका नक्शा सिधै योजनावद्ध रुपमा पास गर्ने तर अन्य बाट आएकाहरुलाई नराम्रो दुख दिने काममा गिरोह कै मिलेमतो हुने आशंका ब्यक्त गर्छन आफ्नै घरको नक्शा बनाउँदा दुख पाएका एक इन्जिनियर। आफु करिव २ दशक देखि यहि क्षेत्रमा काम गरेको मान्छेले अनुभवी मान्छेले बनाएको नक्शामा ओभरशियर स्तरको कर्मचारीले रातो मसिले काटेको स्मरण गर्दै उनले यस तर्फ गम्भीर हुदै र नक्शा पास लगायतका कामलाई डिजिटल बनाउने तर्फ सोच्नुपर्ने बताएका छन।

यसका साथै घर निर्माण गर्ने नगरवासीले डिपिसी गर्दा प्राविधिकलाई पास गराउनु पर्नेमा सम्पर्क गर्दा विभिन्न बहानामा नजाने र घरधनीलाई फोटो खिच्न लगाउदै पछि पर्खाल उठाए पछि प्राविधिक समस्या देखाएर अफ्ट्यारोमा पार्दै अतिरिक्त आम्दानी गर्ने गरेको गुनासो नगर प्रमुख र नगरपालिकाको सुशासन समितिमा पनि पटक पटक पुग्ने गरेको छ।

यस वारेमा नगरपालिकाका इन्जिनियर र प्राविधिक स्नाग प्रश्न राख्दा उनीहरुको सहज उत्तर हुन्छ ,जनशक्ति पर्याप्त छैन। यो उत्तर नगरपालिकाको साझा भएता पनि कर्मचारीहरुले आचरण ,कार्यशैली र व्यवहार सुधारे अहिले भन्दा निकै धेरै उपलव्धि हाशिल गर्ने भने सकिने देखिन्छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।