पौने २ करोडको चेक बाउन्समा फरार जग्गा दलाल पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले १ करोड ८५ लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा फरार रहेका जग्गा दलाल उपेन्द्र ढुंगानालाई पक्राउ गरेको छ ।
उर्मिला कँडेलको जाहेरीले उच्च अदालत पाटनले २०७७ माघ ५ गते झापाको साविक महारानीझोडा गाविस हाल गौरादह नगरपािलका वडा नम्बर १ स्थायी ठेगाना भएका उपेन्द्र प्रसाद ढुङ्गानालाई एक महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
सजाय बेरुजू रही फरार रहेका ढुङगानालाई सिआइबीले हिजो मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।
ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएपनि प्रभु बैंक शाखा कार्यालय सुकेधारामा रहेको खाताबाट पीडित तथा जाहेरवाला उर्मिला कँडेललाई चेक दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।