साँखुमा संचालनमा रहेका विकास निर्माणका योजनाहरुको प्रदेश सभा सदस्य मणिराम फुयाल द्वारा अवलोकन
कपन अनलाइन
काठमाडौँ, चैत्र ४। बागमती प्रदेशका प्रदेश सभा सदस्य मणिराम फुयालले प्रदेश सरकार मार्फत साँखुमा संचालनमा रहेका विकास निर्माणका योजनाहरुको अवलोकन गरेका छन। शंखरापुर नगरपालिका वडा नं. ६ मा रहेको मानन्धर साँस्कृतिक भबन इपाटोलको कृष्णपाटी र मणिचूड पुस्तकालय भबन लगायतको अवलोकन गरेका हुन ।
बागमती प्रदेश सभा सदस्य मणिराम फुयालको पहलमा आ.ब २०७७/७८ मा मानन्धर साँस्कृतिक भबनको लागि स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम बाट रु १० लाख र प्रदेश सरकार बाट मणिचूड पुस्तकालय भबनको लागि रु १० लाख बिनियोजन गरेको थियो।अवलोकनको क्रममा प्रदेश सभा सदस्य फुयालले बजेटको सदुपयोग गर्दै गुणस्तरमा ध्यान दिनु पर्ने बताएका थिए । उनले थप बिकास निर्माण लागि आउदो बजेटमा समेत साँखुको योजनाहरु लाई प्राथमिकतामा राखी पहल गर्ने बताउदै संचालित योजनाहरुको स्थानीयवासीले पनि अपनत्व लिदै कामको अनुगमन गर्नु पर्ने बताए ।
मानन्धर साँस्कृतिक भबन निर्माण उपभोक्ता समितिका अध्यक्ष मानकाजी मानन्धरले भबन निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिदै भबनको वरिपरि बाउन्ड्री (पर्खाल) निर्माणको लागि लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यसैगरि वडा नं. ६ का वडा सदस्य श्रीराम श्रेष्ठले ६ नं. वडामा भैरहेको योजनाको काम बारे जानकारी गराउदै आउदो बजेटमा साँखु बजारको लागि ठोस बजेट उपलब्ध गराउन पहल गर्न अनुरोध गरेका थिए ।
फोटो : प्रेम प्रकाश