शंखरापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बोयर जातका बाख्रा वितरण गर्यो
कपन अनलाइन
काठमाडौँ, चैत्र ४ ।शंखरापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बोयर जातका बाख्रा वितरण गरेको छ ।व्यावसायिक बाख्रापालनका लागि शंखरापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा १० वटा कृषक समूहलाइ एक एक वटा बोयर जातका बाख्रा वितरण गरेको हो । नगरपालिकाकि उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले एक कार्यक्रमका बीच कृषकहरुलाई बाख्रा वितरण गरेकी हुन। सो कार्यक्रममा शंखरापुर नगरपालिका पशु शाखा प्रमुख गङा थापा मगरको समेत उपस्थिति रहेको थियो।
बाख्रा वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले परम्परागत बाख्रा पालन गरिरहेका किसानहरुलाई व्यवसायिक बाख्रा पालनमा आकर्षित गर्न नगरपालिकाले कृषकहरुको समुहलाई उन्नत बोयर प्रजातिको बाख्रा वितरण गरिएको जानकारी गराउदै स्थानीय स्तरमा खसीको मासुको माग बढिरहेकोले उन्नत जातको बाख्रापालनले किसानलाई आत्मनिर्भर बनाउनेमा उनले बिश्वास ब्यक्त गरिन ।
फोटो :प्रेम प्रकाश