नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु
कपन अनलाइन
काठमाडौं ,चैत्र २।
नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ। यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पार्टी कार्यालय धुमबाराही पुगेका छन् ।
सर्बोच्च अदालतले नेकपाको कानूनी हैंसियत नभएको र पुरानै दुई वटा पार्टी नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि देखिएको पार्टीभित्रको अन्यौल हटाउन एमालेका नेताहरु छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको र यसमा असन्तुष्ट पक्षको सहभागितका बारेमा विभिन्न चर्चा चलिरहेको बेलामा आजको बैठक निकै महत्वपूर्ण मानिएको छ।
छलफलमा प्रधानमन्त्रीको पक्षबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट माधवकुमार नेपाल, पार्टी वरिष्ठ नेता झलनाथ खनाल, सुरेन्द्र पाण्डे, धनश्याम भुसाल लगायत रहेका छन । ।