एनटिबायोटिक रेसिस्टेन्स र यसको असरहरुको सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न

एनटिबायोटिक रेसिस्टेन्स र यसको असरहरुको सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न
कपन अनलाइन
काठमाडौं ,चैत्र १।
 गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा  “प्रतिजैविक प्रतिरोध विरुद्धको संस्था”ले एनटिबायोटिक रेसिस्टेन्स र यसको असरहरुको सम्बन्धमा कार्यशाला गोष्ठीको दोस्रो र तेस्रो चरण  सप्पन्न भएको छ । पहिलो चरणको कार्यक्रम बुधबार गोकर्णेस्वर नगरपालिकाको हलमा भएको थियो । दोस्रो र तेस्रो चरणको कार्यक्रम ओसिस पार्टी प्यालेस भएकालेे थियो ।
दोश्रो चरणको कार्यक्रममा चिकित्सक, मेडिकल विद्यार्थीहरु,विभिन्न फार्मेसिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।त्यसैगरि, तेस्रो चरणको कार्यक्रममा विभिन्न महिला समुह तथा बिधालय र अन्य संघ सन्थाका प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रमको  प्रमुख अतिथि नगर उप-प्रमुख शान्ति नेपाल  हुनुहुन्थ्यो भने सभापति बजार ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद बराल हुनुहुन्थ्यो ।
त्यसैगरि कार्यक्रममा विभिन्न वाडाका उपभोकत्ता समिति  अध्यक्षहरु तथा विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियोे ।
     “प्रतिजैविक प्रतिरोध विरुद्धको संस्था”का अध्यक्ष नयन न्यपानेले अब यस कार्यक्रमलाई वडा तह मै लग्ने र समाजका बिभिन्न तह र तप्कालाई समेट्दै अझ प्रभावकारी बनाउने बताउनु भयो।
कार्यक्रममा विभिन्न बिधालयका बिद्यार्थीहरुको उल्लेखनीय उपस्तिथि थियो र स्वत स्फुर्त रुपमा अनतर क्रियामा भग लिएका थिए ।
प्रमुख अतिथि नगर उप-प्रमुख शान्ति नेपालले मेडिकल पढ्ने बिद्यार्थीहरुको तर्फबाट येस्ता कार्यक्रम गर्नुनै आफैमा एकदमै सरहनिया कार्य भएकालेे नगरपालीका तर्फ बाट उचित सहयोग हुनेछ भन्ने बिश्वास दिलाउनु भयो।
तपाइँको प्रतिक्रिया ।