होमडाडा सामुदायिक वनको साधारणसभामा विपन्न तथा अशक्त बिद्यार्थीलाई झोला वितरण

होमडाडा सामुदायिक वनको साधारणसभामा विपन्न तथा अशक्त बिद्यार्थीलाई झोला वितरण

कपन अनलाइन

दोलखा ,चैत्र १

दोलखाको जिरी नगरपालिका वडा नं  ३ मा होमडाडा सामुदायिक वनको २६औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि दोलखा जिल्ला सहायक वन अधिकृत तथा हनुमन्ते सब डिभिजन वन कार्यालय प्रमुख चन्द्र बहादुर थापा , सभापती बलराम दाहाल, विशिष्ट अतिथि वडा नं ३ का वडा प्रमुख नुर्बु शेर्पाको उपस्थिती रहेको होमडाडा सामुदायिक वनका सचिब फुर्वा शेर्पाले वताएका छन ।

त्यसै गरि बुद्ध सामुदायिक वनका अध्यक्ष मिङ्बा शेर्पा , हलेश्वर सामुदायिक वन अध्यक्ष राम बहादुर केसिको उपस्थिति रहेको सभाको अवसरमा अशक्त र विपन्न १० जना बिद्यार्थीलाई झोला वितरण सङ्गै १० जना अशक्त र विपन्न नागरिकलाइ पनि जनही हजारका दरले नगद वितरण गरिएको छ ।

सोही अवसरमा सामुदायिक वनका जेष्ठ नागरिक ९३ वर्षका ङिडु शेर्पालाइ पनि नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको सचिव शेर्पाले बताएको छ । सभामा फुर्वा शेर्पाले सचिवको प्रतिबेदन र कोषाध्यक्ष सुन्तली तामाङ्ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको छ । उपस्थित प्रमुख अतिथिको मन्तव्य सङ्गै सामुदायिक वनको बजेटको ३५% प्रतिशत आयमुलक कार्यक्रममा र २५% प्रतिशत बजेट , वन व्यवस्थापनमा लगानी गर्नु पर्ने जोड दिनुभएको छ ।

(सुकु शेर्पा सुशासन र समृद्धिका लागि संचार अभियानकी   प्रशिक्षार्थी पत्रकार हुन्  )

तपाइँको प्रतिक्रिया ।