फरक विषयवस्तुमा बनेको नेपाली चलचित्र अटिजमको ट्रेलर सार्वजनिक

फरक विषयवस्तुमा बनेको नेपाली चलचित्र अटिजमको ट्रेलर सार्वजनिक

कपन अनलाइन

काठमाडौं फागुन २७नेपाली चलचित्र जगतमा बनिरहेको भन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र अटिजम को  ट्रेलर सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको  ट्रेलर  युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

रिच भिजनको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्रको  केशव रेग्मी (सान्दाइ) सम्पादन  रहेको चलचित्रको छायांकन तिलक गौतमले गरेका हुन् ।

अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको चलचित्र अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ । चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र अटिजममा प्रतिक र सृष्टी अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अटिजम एउटा बालबालिकामा देखा पर्ने रोग हो । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यो नेपालमा मात्र नभई विश्वभर फैलिँदै गएको हुनाले यसै विषयवस्तुमा केन्द्रित भई फिल्म निर्माण गरेको निबन्ध आचार्यले बताए ।अटिजम एउटा रोग नभएर अवस्था भएकाले यो मानसिक तथा शारिरिक रुपमा अटिजम भएका सम्पुर्णको कथा रहेको आचार्यले जानकारी दिएका छन  ।

https://youtu.be/kOT4_e-OwM4

तपाइँको प्रतिक्रिया ।