खानेपानी समस्याबाट छुटकारा पाउदा धादिंग केवलपुरका जनता दंग
कपन अनलाइन
काठमाडौं ,फागुन २७ / लक्ष्मण कोइराला
धादिंग जिल्लाको थाक्रे गाउँपालिकामा अन्तर्गत पर्ने साविकको केवलपुर गाविसमा स्थानीय सरकारको विकास पछि खानेपानीको समस्या समाधान भएको छ।
हाल उक्त क्षेत्रमा खानेपानी व्यवस्थापन गर्न धमाधम ट्यांकी निर्माण कार्य सुरु भइरहेको छ। सो क्षेत्रका झन्डै ७०० घरधुरीका मानिसहरुले लामो समयदेखि पिउने पानीको समस्या भोग्दै आइरहेका थिए।
एक घन्टा पैदल हिँडेर पानिको उपभोग गर्दै आएका स्थानीयहरु स्थानीय सरकारको पहल बाट निकै खुसि भएको एक स्थानीयले बताएका छन।
स्थानीय सरकारबाट बजेट विनियोजन भए पस्चात अचार्य पोखरी , कोईराला गाउँ र भिमसेन स्थान गरि ३ वटा डिप बोरिङ निर्माण गरि खानेपानी वितरणको तयारी गरिएको छ।
(लक्ष्मण कोइराला सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।