महाशिवरात्रिलाइ लक्षित गर्दै गोकर्णेश्वर महादेव मन्दिर परिसर सरसफाई

महाशिवरात्रिलाइ लक्षित गर्दै गोकर्णेश्वर महादेव मन्दिर परिसर सरसफाई

कपन अनलाइन 

काठमाडौँ. फागुन २६। महाशिवरात्रिलाइ लक्षित गर्दै आज गोकर्णेश्वर नगरपालिका वडा  नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर सरसफाई गरिएको छ  ।आज बिहान नेपाल प्रहरी गोकर्णेश्वर नगरपालिका वडा नं ४का जनप्रतिनिधिहरु गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिका पदाधिकारी सहित   बिद्यार्थी र बिभिन्न  संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा सरसफाई गरिएको हो ।

 गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले   दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न पनि  आह्वान गरेका छन ।  महाशिवरात्रिका अवसरमा महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड  लाग्ने हुँदा त्यसको व्यवस्थापनको सुरक्षा लगायत अन्य   तयारी पुरा भएको जानकारी दिएका छन ।उनले यसपटक  गोकर्णेश्वर महादेव मन्दिरमा  गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समिति र धार्मिक तथा आध्यात्मिक सद्भावना दूतको संयुक्त आयोजनामा आध्यात्मिक प्रवचन कार्यक्रम  समेत आयोजना गरिने भएको हुँदा उक्त कार्यक्रममा समेत सहभागी हुन उनले अनुरोध गरेका छन।

शिवजी उत्पत्ति हभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रिमोहरात्रिसुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यसपर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

तपाइँको प्रतिक्रिया ।