मेलम्ची नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मेलम्ची नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

सिन्धुपाल्चोक ,फागुन २७ /सुशिल सुवेदी

आर्थिक वर्ष २०७७/०७८ को साउन देखि हालसम्म मेलम्ची नगरपालिका तथा मातहतका कार्यालयहरुबाट सम्पन्न भएका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मेलम्चीमा बुधबार सम्पन्न भएको छ ।कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजना तथा रेडियो मेलम्चीको सहजीकरणमा भएको हो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले आर्थिक अभावका कारण भनेजस्तो विकास निर्माणको काम नभएको तर आँटे जति काम भएको बताउदै आवश्यक र सक्षम कर्मचारीको अभावका कारण नगरमा भएका कतिपय समस्याको समाधान गर्न कठिन भएको धारणा राखेका थिए।

त्यस्तै  उपप्रमुख भगवती नेपालले कोभिडका कारण काम गर्न नसकेको र हाल त्यसबेला सम्पन्न गर्नुपर्ने काम दायित्वको रुपमा देखा परेकाले विकास निर्माण नयाँ योजनाको थालनी गर्न असहज भइरहेको बताएकी छन  ।

कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले नगरको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने  रेडियो मेलम्चीको तर्फबाट सागर खड्काले नागरिकपत्र प्रतिवेदन र बहिर्गमन अभिमत प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसैगरी कार्यक्रममा नागरिकहरु विकासनिर्माण तथा सेवाका विषयमा नगर प्रतिनिधिहरु र नगरपालिकामा कार्यरत कर्मचारीहरुसँग प्रत्यक्ष प्रश्न गरेका थिए । उठेका सवालमा नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरु जवाफ दिएको कार्यक्रममा  खानेपानी, सिँचाइ, वन, बजार व्यवस्थापन, शान्ति सुरक्षा, गुणस्तरीय शिक्षा आदि विषय उठेका थिए ।

(सुशिल सुवेदी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।