ट्रम्पको समर्थन गर्दै तिब्बती झण्डा प्रयोग गरिएको भन्दै दलाई लामा समुदायमा विवाद

ट्रम्पको समर्थन गर्दै तिब्बती झण्डा प्रयोग गरिएको भन्दै दलाई लामा समुदायमा विवाद

कपन अनलाइन

काठमाडौं ,फागुन २६।

अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिल कब्जा प्रकरणमा ट्रम्पको समर्थन गर्दै तिब्बती झण्डा प्रयोग गरिएको भन्दै दलाई लामा समुदायमा विवाद पैदा भएको छ ।

तिब्बती समुदायलाई सुरुदेखि नै अमेरिकाका जुनसुकै सरकारहरुले समर्थन गर्दै आइरहेका थिए । गत राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट वाइडेनले जितेपछि निर्वाचन आयोगको निर्णयमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प पक्षधरले क्यापिटल हिल कब्जाको दुश्प्रयास गरेका थिए । ट्रम्पको आन्दोलनलाई समर्थन गर्दै तिब्बती समुदायका केल्साङ दोर्जे आउकाटसाङले अमेरिकाको आन्तरिक राजनीतिमा तिब्बतको झण्डासहित अमेरिकी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिमा निर्वाचित वाइडेनको विरुद्धमा प्रदर्शन गर्नु दुखदायी भएको बताएका छन् ।

एकपटक बाइडेन शक्तिमा आएपछि बाइडेनले तिब्बती कारणलाई सोही अनुसार व्यवहार गर्नेछन्, तिब्बतीहरुलाई निर्वासनमा जस्तै राजनैतिक गुडिया, चिनिया सरकारसँगै खेलको शिकार बनाउनेछन् । जसको फलस्वरुप तिब्बतीहरुको अन्तराष्ट्रिय छविमा ठूलो समस्या ल्याउनेछ । त्यसैले कृपया ध्यान दिएर सोच्नुहोस् । कसरी दृष्टिहीन स्वार्थी राजनैतिक सट्टेबाज जस्तै केल्साङ दोर्जे अउकाटसाङले हामी तिब्बतीहरुलाई नेतृत्व गर्नेछन् ? भनी तिब्बती समुदायकै विकास डगरले प्रश्न गरेका छन   ।

तपाइँको प्रतिक्रिया ।