नेपाल वितरक संघको २० औ साधारण सभा सम्पन्न

नेपाल वितरक संघको २० औ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

नेपाल वितरक संघको २० औ साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको बत्तीस पुतलीमा रहेको अनुपम फुडल्याण्डमा दुई शत्रमा संचालन भएको भएको साधारण सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो।

नेपाल वितरक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र सिंखडाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका थिए।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ ,ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्प रत्न शाक्य ,भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ ,ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछो ,नेपाल उद्योग बाणिज्य संग बागमती प्रदेसका अध्यक्ष डिल सुन्दर श्रेष्ठ , उपाध्यक्ष दुर्गाराज श्रेष्ठ ,नेपाल वितरक संघका सल्लाहाकार सन्तोष पाण्डे ,नेपाल खाध्य थोक किराना संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ लगायत अतिथि रहेको साधारण सभाको प्रायोजन सिप्रदी ट्रेडिंग , मेघा ड्रिम बहूदेस्यीय सहकारी संस्था लगायतले गरेका थिए।

उक्त साधारण सभाको पहिलो शत्रमा संघका महासचिव यमनाथ पौडेल,कोषाध्यक्ष राजु प्रसाद पौडेल सहित विभिन्न क्षेत्रीय समितिका संयोजकहरुले प्रतिवेदन पनि प्रस्तुत गरेका थिए।

नेपाल वितरक संघको आधिकारिक वेब साइट शुरुवातको घोषणा गरिएको ऊक्त कार्यक्रममा २०५८ शालमा संघ स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष गोपाल रिजाललाई सम्मान गरिएको थियो।

नेपाल वितरक संघका सचिव नवराज दाहालले संचालन गरेको साधारण सभामा बोल्दै वक्ताहरुले वितरकहरुले भोग्नु परेका समस्याहरुको समाधानमा सबैले एकीकृत भएर लाग्नुपर्नेमा जोड दिएका थिए भने कार्यसमितिका सदस्य लोकेश्वर मान जोसीले संघको वेब साइटको बहुउपयोगी फाइदाका वारेमा प्रकाश पारेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।