नेपालबाट ३७ वर्ष अघि चोरिएको प्राचिन मुर्ति अमेरिका सरकारद्वारा हस्तान्तरण

नेपालबाट ३७ वर्ष अघि चोरिएको प्राचिन मुर्ति अमेरिका सरकारद्वारा हस्तान्तरण

कपन अनलाइन

काठमाडौं ,फागुन २२।

नेपालबाट ३७ वर्ष अघि चोरिएको एउटा प्राचिन मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।

सन् १९८४ मा नेपालबाट चोरी गरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने बासुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरेका हुन्।

दूतावासका अनुसार सो मूर्ति पाटनस्थित नारायण मन्दिरको  ऐतिहासिक मूर्ति हो। त्यसलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा गरेर राखिएको थियो।वसुदेव–कमलजाको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको छ ।

तपाइँको प्रतिक्रिया ।