गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय व्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता शुरु
कपन अनलाइन
काठमाडौँ,फागुन १९ ।स्वास्थ्यको लागि खेलकुद , गोकर्णेश्वरका लागि खेलाडी भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरस्तरीय व्याडमिन्टन खेलाडी छनौट प्रतियोगिता शुरु भएको छ | नगरपालिकाको शिक्षा युवा तथा खेलकुद उपशाखा को आयोजना तथा गोकर्णेश्वर नगरस्तरीय ब्याडमिन्टन समितिको संयोजकत्वमा सोमबार बाट जोरपाटी ब्याडमिन्टन क्लबको प्राङ्गणमा शुरु भएको सो छनौट प्रतियोगितामा नगरपालिकाको ९ वटै वडाका ४७ टिम सहभागी भएका छन् ।
सोमबार एक कार्यक्रमका बीच नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले सो प्रतियोगिताको उद्घाटन गरेकी थिइन गोकर्णेश्वर नगरपालिका ब्याडमिन्टन संयोजक सरोज प्रसाद पुडासैनीको अध्यक्षता सम्पन्न उक्त उद्घाटन समारोहमा राम प्रसाद आचार्य, नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरी, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामनारायण शाह, समाजसेवी तथा युवा नेता हरिबोल भण्डारी, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा गोकर्णेश्वर नगरपालिका ब्याडमिनटन बिभाग प्रमुख दिपक लामा, लगायत खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामनारायण शाहले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपालले खेलाडीहरुलाई शुभकामना दिएकी थिइन्। उनले भातृत्व विकास गर्न ब्याडमिन्टन खेलले सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता आयोजना गरिएको प्रष्ट पार्दै यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताएकि थिइन् ।
उद्घाटन खेल गोकर्णेश्वर नगरपालिका वडा नं ४ का धुर्व प्रकाश नापित र राजकुमार श्रेष्ठ को जोडी बिरुद्द गोकर्णेश्वर नगरपालिका वडा नं८ का पेम्बा शेर्पा र बिर बहादुर लामाको जोडी बीच भएको थियो ।उक्त खेलमा गोकर्णेश्वर ८ का पेम्बा शेर्पा र बिर बहादुर लामाको जोडीले गोकर्णेश्वर नगरपालिका वडा नं ४ का धुर्व प्रकाश नापित र राजकुमार श्रेष्ठ को जोडीलाइ २१- १२ र २१- २० अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।