Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/155177044_438376494112154_2962087359191219073_n-e1614515558808.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक पुगे बागमती प्रदेश संसदीय दलका सचेतक

कपन अनलाइन

काठमाडौं, फागुन १६ । मष्तिस्काघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न परिवार, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरु अहिले अस्पताल  पुगिरहेका छन । शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको  र स्वस्थ्य अवस्थामा केहि सुधार भएको छ  ।

शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न नर्भिक पुगेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक छिरिंग   दोर्जे लामाले कपन अनलाइनलाइ जानकारी दिए । चिकित्सकका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन्। जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ। उनले आँखा भने खोलेका छैनन।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ।बागमती प्रदेश संसदीय दलका सचेतक छिरिंग दोर्जे लामा, नेपाली काग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बांनिया,जिल्ला सचिव राजकुमार नकर्मी ,लगायत स्थानीय तह कर्मचारी संघका पदाधिकारीहरु  जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन आज  नर्भिक अस्पताल  पुगेका थिए । नर्भिक पुगेकाबागमती प्रदेश संसदीय दलका सचेतक लामाले नेता जोशीको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन।

तपाइँको प्रतिक्रिया ।