युवा नेता बिमल ठकुरी द्वारा श्री नाथेश्वरी आधारभुत विद्यालय आलापोटका बिद्यार्थीहरुलाई बिध्यालय पोशाक प्रदान
कपन अनलाइन
काठमाडौँ, फागुन १६। श्री नाथेश्वरी आधारभुत विद्यालय कागेश्वरी मनोहरा वडा नं. २ आलापोटमा अध्ययनरत बिद्यार्थीहरुलाई बिध्यालय पोशाक वितरण गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरीको सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको पहलमा ५० सेट पोशाक वितरण गरिएको हो ।
शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरी, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का अध्यक्ष सुदर्शन धिमाल लगायतले पोशाक वितरण गरेका हुन् । पोशाक वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरीले काठमाडौं जिल्लामा नै विद्यार्थीहरुको अवस्था कमजोर भएकोले विद्यालय पोशाक नलगाई विद्यालय जाने गरेका सुने पछि पोशाक वितरण गरिएको बताए । ठकुरीले बच्चाहरुको उज्वल भविष्यको लागि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले भविष्यका कर्णधार विद्यार्थीहरुलाई यस्ता पोशाक वितरण जस्ता कार्यले अध्ययनमा हौसला मिल्ने विश्वास व्यक्त गरेका थिए । समाज विकासका लागि सबै वर्ग क्षेत्रको विकास आवश्यक भएकोले आगामी दिनमा पनि मानवीय सेवाका कार्यहरु गरिरहने बताएका थिए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का अध्यक्ष सुदर्शन धिमालले कमजोर आर्थिक अवस्था भएका विद्यालयहरुका लागि धेरै किसिमका सहयोगको आवश्यकता भए पनि वडामा पर्याप्त स्रोत साधनको अभाव रहेको बताउदै सहयोगी दातालाइ धन्यवाद ज्ञापन गरेका थिए।
विद्यालयका प्रध्यानाध्यापक रामभक्त खड्काले विद्यालयको आर्थिक अवस्था एकदमै कमजोर भएकोले थप सहयोगका लागि अनुरोध गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।कार्यक्रममा समाजसेवी नवराज अधिकारी, समाजसेवी जितेन्द्र नगरकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तलाल नगरकोटी लगायत शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
फोटो : आशिष तामाङ