Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0216-scaled-e1614390040653.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0193-scaled-e1614390194142.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0214-scaled-e1614390343131.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बागमती प्रदेशको अनुदान मार्फत प्राप्त गोकर्ण माबीको  विद्यालय बस सेवा सुभारम्भ

कपन अनलाइन

काठमाडौं फागुन १५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर माध्यमिक बिद्यालयले  सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको अनुदानमार्फत प्राप्त  विद्यालय बस सेवाको सुभारम्भ  गरिएको छ। शुक्रबार उक्त बिद्यालय बसको बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले एक कार्यक्रमका बीच रिवन काटी बस सेवाको सुभारम्भ  गरेका हुन् ।आ व २०७६।०७७\ को वार्षिक कार्यक्रम अनुसार सो मन्त्रालय मार्फत विद्यालयले सो अनुदान प्राप्त  गरेको हो  ।

२०७७  फागुन १६ गते देखि  विद्यालयले विद्यार्थीको सजहतालाई ध्यानमा राखी विद्यालय बस सञ्चालन गर्न लागेको हो ।  यसको दिगो उपयोग र थप बिस्तारको लागि समेत विद्यालयले योजनावद्ध रुपमा कार्य गर्दै जाने लक्ष्य लिएकोकार्यक्रममा जानकारी गराइएको थियो   । विद्यालयले बस सेवा सञ्चालन सम्बन्धि आफ्नो  कार्यबिधि अनुसार  नगरपालिका संग समन्वय गरि नियमितरुपमा  सञ्चालन गर्न लागिएको जानकारी गराइएको थियो  ।

 मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रमको लागि “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६” बमोजिम प्रदेश भित्रको १३ जिल्लाका २५ विद्यालय छनौटमा परेका  थिए  ।उक्त बस सेवा सुभारम्भ  कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,  समाज सेवी  न्ह्युछे  नारायण मिलन  वडा  सदस्लय बाल कृष्ण श्रेष्ठ बिध्यालय  व्यवस्थापन समितिका अध्यक्ष,  बिभिन्न बिध्यालयका प्रधानाध्यापक शिक्षक अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो कार्यक्रम संचालन बिध्यालयका शिक्षक पुष्पराज भण्डारीले गरेका थिए ।

 

 बस सेवा सुभारम्भ गर्दै प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले  तीनैतहका सरकार र जनताको प्रयासले जोरपाटी-सुन्दरीजल सडक बिस्तारको काममा गति पैदा भएको बताएका थिए। बागमती प्रदेश सरकारले शैक्षिक गुणस्तर बृद्धिका लागि अघिल्लो बर्षबाट सञ्चालन गरेको “एक विद्यालय एक नर्स” कार्यक्रम पनि प्रभावकारी देखिएको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।