Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/153477498_432720401280422_8187748898462957381_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/154580612_444411800311586_2520367966779664981_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौं फागुन १४ ।गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना गर्न लागेको  तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिको खेल तालिका सार्वजनिक गरिएको छ।  फागुन १५ गते बाट गोकर्णेश्वर नगरपालिका भित्र  संचालनमा रहेकाकुल २४ वटा  बिध्यालयका  बिद्यार्थीहरुको  सहभागीता रहने उक्त प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय इंगलिस पब्लिक स्कुलको खेलमैदानमा संचालन हुने कार्यक्रम संयोजक संगम थापा श्रेष्ठले जानकारी गराएका छन् ।

 खेल तालिका सार्वजनिक कार्यक्रमलाइ सम्बोधन गर्दै नेपालय इंगलिस बोर्डिंग स्कुलका म्यानेजिंग  डायरेक्टर तथा छहारी युवा क्लबका सचिब बुद्द श्रेष्ठले स्व. चक्रबहादुर ठकुरीले पुर्याएको योगदानको स्मरण गर्दै शैक्षिक ज्ञान र शीप विकास र कौशलको माध्यमबाट आचरण सुधारका लागि प्रतियोगिता गर्न लागिएको बताए । शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले राखेर तेस्रो चक्र बहादुर ठकुरी  अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको हुँदा उक्त कार्यक्रमलाइ सफल बनाउनको सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।

 उनले  खेलाडी विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल संचालन गरिने  जानकारी दिदै  कोरोना भाइरस महामारी कम भए संगै प्राय सुन्य भएको खेलकुद गतिबिधिलाइ अगाडी बढाउनको लागि छहारी युवा क्लबको अग्रसरतामा हुन लागेको सो प्रतियोगितालाइ सफलतापुर्वक सम्पन्न गर्नको लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । प्रतियोगीतामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।