प्रहरी-समुदाय साझेदारीले अपराध नियन्त्रणमा सकारात्मक प्रभाव : प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार

कपन अनलाइन

काठमाडौं ,फागुन १२ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ आर्याल गाउमा नव निर्मित प्रहरी बिट  भवनको उद्घाटन गरिएको छ। महानगरीय प्रहरी  बिट अर्यालगाउको कागेश्वरी मनोहरा नगरपालिका ,गोकर्णेश्वर नगरपालिका  महानगरीय प्रहरी वृत् बौद् ,बिभिन्न संघ संस्थाहरु तथा स्थानीय समुदायहरुको बिशेष सहयोगमा नवनिर्मित उक्त भवनको आज एक कार्यक्रमका बीच  प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले उदघाटन गरेका हुन्।

उद्घाटन पश्चात कार्यक्रमलाइ सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारले समाजमा शान्ति सुरक्षा कायम गर्न,अपराध रोकथाम,नियन्त्रण एवं अनुसन्धान गर्न समुदायको सहयोग बिना प्रहरी एक्लैले  गर्न नसक्ने भएकाले यस ‍भवन निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्नु समुदाय प्रहरी साझेदारीको गतिलो उदारण भएको बताए ।

भवन निर्माणमा आर्थिक सहयोग पुर्‍याउने कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, विभिन्न संघ-सस्था, सहयोगी महानुभावहरू,भवन निर्माण समितिका पदाधिकारीहरू र अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यवाद दिदै नागरिकले प्रहरी प्रति विश्वास,भरोसाका साथ भवन निर्माण गरी हस्तान्तरण गर्नुले नागरिक सुरक्षा प्रति थप जिम्मेवार र कर्तव्यबोध भई यहाँका स्थानीय नागरिकहरूले शान्तिसुरक्षाको महसुस हुने गरी सेवा प्रवाह गर्न यस महानगरीय प्रहरी विटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका  थिए  ।

उनले लागूऔषध, गुण्डागर्दी, ठगी, चोरी, अवैध घरेलु मदिरा नियन्त्रण  जस्ता समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी र स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताएका थिए ।

बढ्दो शहरीकरण र त्यसबाट आउनसक्ने सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै प्रहरी बिट स्थापना गरिएको बताउदै बीट स्थापनाले प्रहरी सबैतिर छरिएर सतर्करुपमा रहने भएपछि गलत गतिविधिमाथि निगरानी बढ्ने र शान्ति, सुरक्षा कायम हुने विश्वास  ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।