बजार अनुगमनलाई तिव्र बनाउदै बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं ,फागुन ९।
बुढानिलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई तिव्र बनाएको छ। नगरपालिका भित्र रहेका कतिपय ठुला करदाताहरु कर तिर्न उदासिन बनेर बेवास्था गरेपछि नगरपालिकाले अनुगमनलाई तिव्र बनाएको हो।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक रमा राईको नेतृत्वमा रहेको नगरपालिकाको टोलीले आज आइतवार वडा नं ९ का मार्ट ,बालुवा डिपो ,पसल लगायतका स्थानहरुमा आकस्मिक स्थलगत अनुगमन गरेको हो।
नगरपालिका भित्र संचालन भएर पनि दर्ता नगरिएका, दर्ता भएर पनि राजस्व नतिरेका र तोकिएको मुल्य भन्दा बढी शुल्क लिने ब्यापारी तथा व्यवसायहरुमा गरिएको अनुगमनमा वडा नं १२ का अध्यक्ष तथा सुशासन समितिका संयोजक शम्भु भट्टराई ,वडा नं ९ की कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे , स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल ,आन्तरिक राजस्व समितिका सचिव अच्युत खड्का लगायत नगर प्रहरी र कर्मचारीहरुको सहभागिता रहेको थियो।
नगरपालिकाको आन्तरिक आय वृद्धि , उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रणका लागि नगरपालिकाका १३ वटै वडाहरुमा अनुगमनलाई तीव्रता दिएको उपप्रमुख रमा राईले जानकारी दिएकी छन।
कतिपय ठुलो व्यवसाय संचालन गर्ने करदाता हरुले अझै अटेर गरेर राजस्व नतिरेको अवस्था रहेकोले अनुगमन गरी कैफियत देखिएमा आवस्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने सुशासन समितिका संयोजक शम्भु भट्टराईले बताएका छन ।