गुड मर्निङ नेपालको रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,फागुन ९।
विगत लामो समय देखि विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको गुड मर्निङ नेपालको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंको सुकेधारामा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेका थिए।
हिमाल डेन्टल अस्पतालका प्रमुख राजेन्द्र भट्ट ,बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बिस्ट लगायतको उपस्थितिमा भएको सो रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।