प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौं महानगरपालिका -१५ मा हस्ताक्षर संकलन

कपन अनलाइन

काठमाडौं ,फागुन ७

प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौं महानगरपालिका -१५ मा हस्ताक्षर संकलन गरिएको छ। प्रतिनिधि सभा विघटन असंबैधानिक र अलाेकतान्त्रिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कामपा १५ वडा कमिटीले काेण सभा र हस्ताक्षर संकलन अभियान संचालन गरेको हो।

राष्ट्रियता, लाेकतन्त्र र संविधानकाे रक्षाका लागि प्रतिगमनकारी कदम बिरूद्ध सशख्त रूपमा तीन दिन वडाका  बिभिन्न स्थानहरू हस्ताक्षर संकलन गरिने नेकपा १५ वडा कमिटीका अध्यक्ष राजा शाक्यले बताएका छन ।

कोणसभामा  बाेल्दै काठमाडाैं जिल्ला कमिटी सदस्य एवम् कामपा १५ वडाका अध्यक्ष तथा कामपा प्रवक्ता ईश्वरमान डंगाेलले राष्ट्रघात हुने गरी पुष ५ गते भएको  संघीय संसद बिघटन गरी कू को संज्ञा दिदै  यस बिरूद्ध सम्पुर्ण जनता एक भएर  लाग्न आग्रह गरेका थिए  ।

त्यस्तै  नेकपा केन्द्रिय सदस्य तथा  महानगर ईन्चार्ज  जीवनराम श्रेष्ठ सहितका  वक्ताहरूले  पुस ५ को कदमओ विरोधमा आफ्नो मन्तव्य राखेका थिए।

तपाइँको प्रतिक्रिया ।