संग्रहालय निर्माणको निरीक्षणका लागि महाकवि लक्ष्मी प्रसाद देवकोटाको घरमा डा. राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,फागुन ७।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा . राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं ३० मा रहेको महाकवि लक्ष्मी प्रसाद देवकोटाको घरमा निर्माण भैरहेको संग्रहालयको निरीक्षण गरेका छन।
काठमाडौं क्षेत्र नं ४ मा डिल्ली बजारमा रहेको महाकवि देवकोटाको घरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय निर्माणका लागि थालेको पहलमा नेपाल सरकारले बजेट व्यवस्थापन गरे संगै पुननिर्माण र संरक्षणको अवस्थाका वारेमा बुझ्न डा. भट्टराई नेकपा काठमाडौंला सचिवालय सदस्य तेज ढकाल ,नेकपा वडा नं ३० कमिटिका अध्यक्ष कृष्णभक्त खडगी सहित सो स्थानमा पुगेका थिए।
सो निरीक्षणका क्रममा डा. भट्टराईले देवकोटाकी ७८ वर्षीय छोरी अम्बिका रिमाल संग कुराकानी गर्दै त्यहा भैरहेको निर्माण र अन्य अव्सथाको वारेमा जानकारी पनि लिएका थिए।
नेपाली साहित्यका जाज्वल्यमान नक्षत्र लक्ष्मी प्रसाद देवकोटाको योगदान र कृतिलाई संरक्षण र प्रवर्धन राज्यको दायित्व भएकोले नेपाल सरकारले उनको निवासलाई संग्रहालय बनाउन बजेट व्यवस्था गरेको बताउदै डा . भट्टराईले काठमाडौं क्षेत्र नं ४ का अन्य सम्पदा निर्माणका लागि पनि पहल भैरहेको जानकारी दिएका छन।