गुहेश्वरी मन्दिर नजिक बागमतीमा मैजुबहालका श्रेष्ठको शव फेला पर्यो
कपन अनलाइन
काठमाडौं ,फागुन २
काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै बागमती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको हो।
काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक बिहान गाडी सिक्न गुहेश्वरी करिडोरमा जाने गरेकोमा शनिवार लामो समय नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।