गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आज बाट शुरु

गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आज बाट शुरु

कपन अनलाइन

काठमाडौँ, माघ २६। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा  स्वर्गीय गोपाल श्रेष्ठ स्मृति  गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता  आज बाट  शुरु भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४  भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा आज बाट शुरु भएको उक्त प्रतियोगितामा माघ २९ गते सम्म चल्नेछ  सो  प्रतियोगिताको आज एक कार्यक्रमका बीच  स्व. गोपाल श्रेष्ठका पिता रामकाजी श्रेष्ठले दिप प्रज्वलन सहित रेफ्री श्रीकृष्ण कारंजितलाइ कक र र्याकेट हस्तान्तरण गरि प्रतियोगिताको उदघाटन गरेका थिए। सो कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा जागरण क्लब (GFG)का अध्यक्ष विकेश श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सल्लाहकार ज्ञान कुमार श्रेष्ठले गरेका थिए ।

 नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो। उनकै बार्षिक पुण्य तिथिको अवसरमा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने उदेश्यका वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता  आयोजना गरिएको क्लबका अध्यक्ष विकेश श्रेष्ठले जानकारी गराएका थिए ।

 नकआउट आधारमा खेलाइएको प्रतियोगिताको   पहिलो उद्घाटन खेल  बिजय कुमार श्रेष्ठ र  प्रेमकुमार श्रेष्ठको जोडी  संग राजु कर्माचार्य  र हरिशरण श्रेष्ठको बीच भएको थियो ।निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बिजय कुमार श्रेष्ठ , प्रेमकुमार श्रेष्ठको जोडीले   राजु कर्माचार्य ,हरिशरण श्रेष्ठको जोडीलाई २१- १० , १४-२१ र २१- १६ अंकको दोस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।

त्यसै गरि आजै भएको दोस्रो खेल कमल परियार र प्रमोद चन्द्र डाँगी को जोडी संग रामजी कुमार श्रेष्ठ र रामहरि श्रेष्ठको जोडी बीच भएको थियो । उक्त खेलमा कमल परियार र प्रमोद चन्द्र डाँगी को जोडीले रामजी कुमार श्रेष्ठ र रामहरि श्रेष्ठको जोडीलाई २१-१२ र २१-१४ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।प्रतियोगितामा प्रथम र दितीय हुनेलाइ टिमलाई क्रमश नगद रु  १० हजार र ५ हजार सहित  ट्रफी  मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।