ओखलढुंगाका पुराना बामपन्थी नेता लोककृष्ण भट्टराई नेकपा प्रचण्ड-नेपाल पक्षमा,यज्ञराजलाई मन्त्री बनाउने घोषणा
कपन अनलाइन
काठमाडौं ,माघ २५।
ओखलढुंगाका पुराना बामपन्थी नेता लोक कृष्ण भट्टराई नेकपा प्रचण्ड-नेपाल पक्षमा देखिएका छन। नेकपा प्रचण्ड -नेपाल पक्षको आयोजनामा भएको ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको भेलामा सम्बोधन गर्दै उनले आफ्नो सहयोग सो समुहलाई रहने बताएका हुन् ।
काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा भएको उक्त भेलामा बोल्दै नेता भट्टराईले आफुले नेकपाका संस्थापक पुष्पलाल संग कम गरेको सुनाउदै आफैले मनमोहन र मदन भण्डारी विच एकता गराएको दावा गरेका थिए।
ओखलढुंगा जिल्लामा कम्युनिस्ट आन्दोलनलाई विस्तार तथा स्थापित गराउनका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता भट्टराई पुस्पलाल प्रतिष्ठानको उपाध्यक्ष पनि रहेका छन।
नेपाली कम्युनिस्ट आन्दोलन एकतावद्ध हुनुपर्ने पुस्पलालको सपना रहेको भन्दै अहिले भएको एकता कायम नरहनुमा प्रधानमन्त्री ओलीको कदम कारण बनेको धारणा राखेका थिए।
सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आफुलाई विस्वास रहेको र त्यो हुनुपर्ने भन्दै उनले त्यस पछि बन्ने सरकारको मन्त्रीमा ओखलढुंगा जिल्लाका नेता यज्ञराज सुनुवारलाई लैजानुपर्ने प्रस्ताव गरेका थिए ।