संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सम्मान कार्यक्रम तथा पत्रकार सम्मेलन सम्पन्न

संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सम्मान कार्यक्रम तथा पत्रकार सम्मेलन सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ २५।

संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज ,काठमाडौं महानगरपालिका वडा नं ४ को आयोजनामा पत्रकार सम्मेलन सम्पन भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेसका प्रदेस सभा सदस्य नारायण सिलवालको प्रमुख आतिथ्यतामा भएको सो सम्मेलनमा विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो।

नेकपा केन्द्रीय सदस्य हरि अधिकारी ,वडा नं ४ का सदस्य धुर्व त्रिपाठी ,संस्थाका सल्लाहकार कृष्णगोपाल खड्का ,समाजसेवी ईश्वरी गुरुङ,रोटरी क्लव अफ कपनका अध्यक्ष शिवहरी खनाल लगायत अतिथि रहेको सो कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष रोजिन श्रेष्ठले प्रगति विवरण र भावी योजनाका वारेमा प्रस्ट पारेका थिए।

करिव ४ वर्ष अगाडी स्थापना भएको सो संस्थाले हाल सम्म नेपालका ६ जिल्लामा २५०५ जना  अनाथ तथा असहाय बालबालिकाहरुलाई सेवा पुर्याएको छ।

लक् डाउनको समयमा कपडा र खाना बैंक संचालन गरेको सो संस्थाले आफ्नै शिक्षालय स्थापना ,बैदेसिक रोजगारीमा गएका नेपालीहरुको लागि हेल्प डेस्क संचालन जस्ता भावी योजना रहेको जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।