वडा अध्यक्ष नारायण सुवेदी द्वारा महानगरीय ट्राफिक प्रहरी वृत बौद्धलाई ‘नो पार्किंग’ चिन्ह अंकित बोर्ड प्रदान
कपन अनलाइन
काठमाडौं माघ २१। काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ, त्यसलाई न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले बेला बेला सचेतना कार्यक्रम गर्नुको साथै ट्राफिक संकेतहरुपनि जडान गर्दै आएको छ ।
यसै क्रममा जोरपाटी भेगमा अनियन्त्रित सवारी पार्किंगको चाप बढे संगै ट्राफिक जाम हुने भएको हुदा सो कार्यलाई कम गर्न सहयोग पुगोस भन्ने हेतुले गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले ट्राफिक प्रहरीलाइ नो पार्किंग चिन्ह अंकित बोर्ड प्रदान गरेका छन । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा सवारी जान न्यूनीकरण गर्ने उदेश्य सहित उनले महानगरीय ट्राफिक प्रहरी वृत बौद्धलाई ‘नो पार्किंग’ चिन्ह अंकित बोर्ड महानगरीय ट्राफिक प्रहरी वृत बौद्ध प्रमुख नबिन कुमार अधिकारीलाइ हस्तान्तरण गरेका हुन हाल उनले ९ वटा बोर्ड प्रदान गरेका हुन।