भोलि पनि सेनाको बख्तरबन्ध गाडी सडकमा निस्कने
कपन अनलाइन
काठमाडौं माघ २०।
सोमबार राति बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्ध गाडीको अभ्यास गर्ने भएको छ ।सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ । यसैक्रममा बुधबार दिउँसो काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्ध गाडीको अभ्यास हुने उनले बताए ।
सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो ।नेपाली सेनाले लामो समयदेखि बख्तरबन्ध गाडी सडकमा निकालेको थिएन , तर एक्कासी माघ १९ गतेको राति काठमाडौंको चक्रपथमा बख्तरबन्ध गाडीको लस्कर देखेपछि चासो र चर्चा सुरु भएको छ ।नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।सेनाले आवश्यकताअनुसार समय-समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।
फोटो सरोज बस्नेत