ओखलढुंगा -काठमाडौं सम्पर्क मंच पुनर्गठन ,अध्यक्षमा मोहन बिष्ट ‘टीका’
कपन अनलाइन
काठमाडौं ,माघ १८।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ओखलढुंगा -काठमाडौं सम्पर्क मंचको बृहत कार्यकर्ता भेला तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा सम्पर्क मंचका अध्यक्ष चन्द्र राई बाम्बुलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल रहेका थिए।
नेकपाका केन्द्रीय सदस्य किशोर अधिकारी ,सकुन्तला राजभण्डारी ,तारा कार्की,नेकपा ओखलढुंगाका सचिव तिर्थ सुवेदी,सम्पर्क मंचका नेताहरु केदार राज पुडासैनी ,अमृत धमला ,शम्भु अधिकारी ,नेकपा ओखलढुंगाका नेताहरु उत्तम राई ,शंकर कटवाल,अनेरास्ववियुकी नेतृ अश्मिता थापा लगायतको उपस्थितिमा भएको भेलाले नया नेतृत्व पनि चयन गरेको थियो।
नेकपा ओखलढुंगा काठमाण्डौ सम्पर्क मन्चको उक्त भेलाले मोहन बिष्ट ‘टीका’को अध्यक्षतामा सुर्य गुरुङ उपाध्यक्ष नबराज श्रेष्ठ सचिव , राजेन्द्र पुडासैनी सहसचिव र बिनोद राई कोषाध्यक्ष रहेको १८२ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको थियो।