Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/IMG-f6833910b82cc51afcec1304eaac6b5d-V-300x300-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाका १६० जनालाई कोरोना भाईरस बिरुद्दको ‘कोभिशिल्ड’ खोप लगाइयो

कपन अनलाइन

काठमाडौं, माघ १६ ।गोकर्णेश्वर  नगरपालिकामा कोरोना भाईरस बिरुद्दको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु भएको छ।  नेपाल मेडिकल कलेज अत्तरखेलमा करिब १६० जना मेडिकल अफिसर र जुनियर स्टाफ सहित सरसफाई कर्मचारीहरु गरि १६० जनालाइ  खोप  लगाइएको  गोकर्णेश्वर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले कपन अनलाइनलाइ जानकारी गराए  ।

नेपाल सरकारको निर्देशन अनुसार नगरपालिकाका  सुचिकृतमा परेका प्रत्यक्ष उपचारको सेवा दिने स्वास्थ्यकर्मी,  फोहरमैला व्यवस्थापनमा खटिने  ,फोहर सङ्कलक तथा चालक,  नगर सुरक्षाकर्मी लगायत एम्बुलेन्स तथा सवारी चालकलाई   खोप लगाउन सुरु भएको हो।पहिलो खोप ०।५ मिलीलिटर मात्रा खोप प्रदान गरिने त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने प्रकृया रहेको नगरपालिका स्वास्थ्य  शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी दिए।  खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

तपाइँको प्रतिक्रिया ।